Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

कांग्रेसलाई ओलीको प्रश्न, ‘रानीपोखरी र धरहरा भत्काउने हो ?’

कांग्रेसलाई ओलीको प्रश्न, ‘रानीपोखरी र धरहरा भत्काउने हो ?’

  • काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले एमसीसीको पक्ष र एमालेले सरकारमा हुँदा गरेका कामको विपक्षमा भण्डाफोर अभियान चलाउने भनेकोमा व्यंग्य गर्दै 'धरहरा पनि भत्काउने?' भन्ने प्रश्न गरेका छन् ।

    images
    images
    images

    मोरङको रंगेलीका मेयर, उपमेयर र वडाध्यक्षसहित माओवादीका सयौं नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले गरेका कामको भण्डाफोर गर्ने भनेर विकासको विरोध गर्दै हिड्ने ? भन्ने प्रश्न समेत गरे ।
    ओलीले भने, 'हामीले एकैचोटी ३९६ वटा अस्पतालको सुरुआत गर्यौं, केही अहिले बनिरहेका छन्, केही बजेट अहिलेको सरकारले सारेको छ । हामीले हरेक पालिका सदरमुकाम जोड्ने २६५ सडक एकैपटक शिलान्यास गर्‍यौं । तीनको पनि बजेट काटिएको छ । विकासविरोधीहरुले गर्ने भण्डाफोर भनेको यही होला ।'

    images

    मिल्ने भए सत्ता गठबन्धनका मान्छेहरुले धरहरा र रानीपोखरी पनि भत्काउने भन्दै केपी ओलीको याद आउने कुनै पनि संरचना बन्न नदिने प्रयास भइरहेको उनले बताए । ओलीले आफ्नो पालामा सडक विस्तार, निर्माण र सुरुङमार्गको काम अघि बढेको भन्दै त्यसलाई रोक्न अदालत प्रयोग गरेर आफ्नो सरकार ढालिएको दावी गरे ।

    लिम्पियाधुरासहितको नेपालको गुमेको भूभाग समेटर आफूले नक्सा प्रकाशन गरेदेखि नै प्रचण्ड९माधव समूहले आफूलाई सत्ता र पार्टीबाट हटाउन षड्यन्त्र गरेको ओलीको आरोप थियो । सो समारोहमा अध्यक्ष ओलीले माओवादीमा अब कोही पनि नरहने भन्दै नेकपा एकताको निरन्तरताका रुपमा खास माओवादीहरुले एमालेकै मूल प्रवाह रोजिरहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij