Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

प्रमुख आयुक्त गुरुङको निर्देशन, ‘छिटो छरितो रुपमा सूचना दिनु’

प्रमुख आयुक्त गुरुङको निर्देशन, ‘छिटो छरितो रुपमा सूचना दिनु’

  • काठमाडौं/ राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र गुरुङले सूचना छिटो छरितो,चुस्तदुरुस्त ढंगबाट दिन सरकारी कार्यालयहरुलाई निर्देशन दिएका छन् । पाँचथरको फिदिममा  आयोजित सूचनाको हकसम्वन्धी छलफल अन्तक्रिया कार्यक्रममा वोल्दै उनले सूचना दिन आनाकानी नगरि मागेको सूचना छिटो छरितो ढंगबाट दिन सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीलाई निर्देशन दिएका हुन्  ।

    images
    images
    images

    कार्यक्रममा मन्तव्य राख्दै फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले सूचना अधिकारीको व्यवस्था पनकालका लागि राज्यले छुट्टै कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताए ।

    images

    कर्मचारीको व्यवस्था भए सुशासनमा थप सहयोग पुग्ने उनको भनाई थियो । नगरपालिकाका सूचना अधिकारी निर्मला दाहालले सूचना मागकर्ताले मानसिक यातना दिएको तितो गुनासो गरीन्  ।

    कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय प्रमुख, सूचना अधिकारी, सञ्चारकर्मी, सुरक्षा अधिकारी एवं सरोकार राख्नेहरु बीच अन्तरक्रिया भएको हो ।

    प्रस्तुतिमा सार्वजनिक निकायमा संवैधानिक र कानूनी पक्ष, सूचना प्रवाह नगरी पाँचवटा गोपनियताको हकबाहेक सार्वजनिक गर्ने दायित्व, सूचना अधिकारीको व्यवहार र काम, कर्तव्य, सूचना नदिएमा सजाय,र क्षतिपूतिको व्यवस्थालगायतका विषयमा अन्तरक्रिया गरिएको छ ।

     

    कार्यक्रममा पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले महिनामा सूचना अधिकारीको बैठक बस्दै गरको जानकारी गराउँदै तीन–तीन महिनामा कामकाजको मास्केवारी सार्वजनिकरण गर्दै आएको बताए ।  जिसस प्रमुख विस्नु सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभागका सचिव भागिरथ पाण्डेले सूचनाहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij