
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पुत्री सराना श्रेष्ठको नयाँ गीत आज (आइतबार) सार्वजनिक हुँदैछ । गायिका, निर्देशक तथा मोडलसमेत रहेकी सरानाले नयाँ गीतका रुपमा ‘मन्तर मोहनी’ बजारमा ल्याउन लागेकी हुन् ।
सराना आफैले निर्देशन गरेको भिडियो पनि आजै सार्वजनिक गर्ने तयारी गरिएको छ । गीतको भिडियोमा पुष्प खड्का, साम्राज्ञी क्षेत्रीसँगै सराना पनि देखिने छिन् । कालीप्रसाद बाँस्कोटाले संगीत भरेको गीतमा सरानाकै स्वर छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij