Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

६ दलले मात्र दलीय चुनाव चिन्ह पाउने

६ दलले मात्र दलीय चुनाव चिन्ह पाउने

  • काठमाडाैँ । आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्ने छ र सोही अनुसार चुनाव चिहृन प्रदान गर्नेछ ।

    images
    images
    images

    आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन दल दर्ता भएका ८० दलमध्ये ७४ वटा दलले आफ्नो दलीय चुनाव चिन्ह नपाउने भएका छन्। ।

    images

    स्थानीय तह निर्वाचन ऐन-२०७३ र राजनीतिक दलसम्बन्धी नियमावली-२०७४ ले राष्ट्रिय मान्यता प्राप्त ६ वटा दलले मात्रै चुनावमा निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ। राजनीतिक दल सम्बन्धी नियमावली-२०७४ मा प्रतिनिधिसभाको चुनावमा समानुपातिकतर्फ तीन प्रतिशत र पहिलो हुने निर्वाचित हुने प्रणालीमा कम्तीमा एक सिट प्राप्त गर्ने दललाई राष्ट्रिय मान्यता प्राप्त दलका रूपमा परिभाषित गरेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij