
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं / पछिल्लो २४ घण्टामा कोरोनाका कारण तीन जनाको ज्यान गएको छ । यससंगैं कोरोनाबाटट हालसम्म ज्यान गुमाउनेको संख्या एघार हजार ९ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा १ सय २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई हजार २ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार छ हजार ८ सय ७४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३ सय १ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा तीन लाख पाँच हजार ७ सय ८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल सात हजार ७ सय ७०जना सक्रिय सङ्क्रमित छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij