
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं/ राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधिसभाको बैठकमा पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले बैठकमा ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गरेका हुन् ।
कानुनमन्त्री बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरेसँगै संसद् बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् । आज बुधबारको बैठक ८ मिनेट बसेर स्थगित भएको हो ।
गत आइतबार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएपछि आज पहिलो संसद् बैठक बसेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij