
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौँ। बाँकेमा हतियारसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले डुडुवा गाउँपालिका–४ राप्ती पुलनजिक बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडी जाँच गर्ने क्रममा हातहतियार फेला पारेपछि उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका–१८का २९ वर्षीय सुशान्त केसी, २८ वर्षीय दीपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३का ३२ वर्षीय द्वारिका उपाध्याय छन् ।
प्रहरीले उनीहरूको साथबाट मेड इन यूएसए लेखेको एकथान अटोमेटिक पेस्तोल, सोको एक थान म्याग्जिन, नौ राउन्ड गोली, एक थान खुँडा र दुई थान नोक बरामद गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij