Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

स्थानीय निर्वाचनको एक महिनाअघि नै मतपत्र छापिने

स्थानीय निर्वाचनको एक महिनाअघि नै मतपत्र छापिने

  • काठमाडौं/ निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको एक महिना अघि नै मत पत्र छपाई गर्ने भएको छ । वि.सं. २०७९ बैशााख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै आयोगले मतपत्र छपाइ सुरु गर्ने जनाएको होे । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्ति गर्न सम्झौता गरिसकेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रमबमोजिम मतदानको १५ दिनअघि छ हजार ७४३ वडामा मतपत्र पु¥याउन समस्या हुने भएकाले पहिले नै मतपत्र छाप्ने प्रक्रिया सुरु हुने जनाए।
    आयोगले मतदान हुनुभन्दा १७ दिनअघि मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । मतपत्रमा अन्तिम नामावलीबमोजिमका उम्मेदवार र चुनाव चिह्न राख्न समय अभाव हुने आयोगले जनाएको छ । वैशाख ३० गतेका लागि निर्धारित मतदानभन्दा करिब एक महिनाअघि नै मतपत्र छाप्ने कार्य सुरु गर्ने तयारी गरेको जनाइएको छ । स्थानीय तह निर्वाचन ऐनअनुसार आयोगले निर्वाचन कार्यक्रम प्रकाशन गर्दा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि प्रचारप्रसारका लागि बढीमा १५ दिनको अवधि रहने गरी प्रकाशन गर्नुपर्छ ।

    images
    images
    images

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “वैशाख १७ गतेबाट छाप्न सुरु गरेर ३० गतेभित्र मतदान स्थलमा पुग्ने सम्भावना देखिन्न, त्यसैले मतपत्र छपाइ एक महिनाअघि नै सुरु हुनेछ ।” आयोगले कुन पालिकामा कति उम्मेदवार हुने अनुमान गरेर मतपत्र छाप्ने प्रक्रिया सुरु गर्नेछ । जिल्लामा सक्रिय राजनीतिक दलको संख्यामा केही थप गरेर चुनाव चिह्न राखेर मतपत्र छापिने प्रवक्ता पौडेलले बताए । तथापि मतपत्र डिजाइनको काम भने अहिले सम्म पनि अगाडि बढ्न सकेको छैन । प्रवक्ता पौडेलले सूचना आह्वान गरे पनि अपेक्षाकृत निवेदन नपरेकाले चैतको दोस्रो साता पुरानै डिजाइनकर्ताबाट मतपत्रको डिजाइन गराउने तयारी भइरहेको जानकारी गराए ।
    स्थानीय तह निर्वाचन, २०७४ मा छ प्रकारका मत प्रयोगमा आएका थिए । आयोगले उक्त मतपत्रलाई समेत ध्यानमा राखेर मतपत्र डिजाइन गर्ने जनाएको छ । दलहरूले दल दर्ताका लागि निवेदन दिँदा कुन प्रदेशमा स्पर्धा गर्ने उल्लेख गरेको छ । राष्ट्रिय मान्यता प्राप्त गरी आफ्नै चुनाव चिह्नसहित स्पर्धा गर्ने छ वटा दल मात्रै छन् । बाँकीको ७४ वटा राजनीतिक दलका उम्मेदवारले स्वतन्त्र चिह्न (बैङ्कबाट) पाउनेछन् ।

    images

    प्रवक्ता पौडेलले भने, “चैत १५ गतेभित्र मतपत्र छाप्न आवश्यक कागज आपूर्ति गर्न छनोट भएको कम्पनीलाई समयसीमा तोकेको छ ।” आयोगले मतपत्रको कागज आपूर्ति गर्न ‘गैबियोनेट इन्भारनमेन्ट सोल्युसन’को प्रस्ताव स्वीकृत गरेको छ । कागज आपूर्ति गर्ने उक्त कम्पनीको ११ करोड ४० लाख ६२ हजार २०० रुपियाँको प्रस्ताव आयोगले स्वीकृत गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij