
Jun 22 2025 | २०८२, असार ८ गते
धरान । धरानस्थित कान्तिपुर होटलको कोठामा भेटिएको शव पाँचथरकी ३९ वर्षीय सुमित्रा तामाङको भएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले होटलमा भेटिएको शव तामाङको भएको अनुसन्धानबाट खुलेको बताए ।
प्रहरीका अनुसार मृतक तामाङ आइतबारदेखि धनकुटाका एक पुरुषसँग होटलमा बसेकी खुलेको छ। तामाङ र ती पुरुषबीच अवैध सम्बन्धपछि उत्पन्न विवादले हत्या भएको खुलेको डीएसपी कुँवरले जानकारी दिए । तामाङको हत्या गरेपछि प्रेमी भनिएका पुरुष भने फरार छ्न् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij