
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौँ । काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिन थालेको छ । त्यसको नियन्त्रणका लागि सरकारले विभिन्न प्रयास गरिरहेको छ ।
पशु सेवा विभागमा शुक्रबार केन्द्रीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समितिको आकस्मिक बैठक बसेको थियो । सो बैठकले विभिन्न बर्डफ्लु रोगलाई कसरी नियन्त्रण गर्ने तथा विज्ञ कसरी परिचालन बारेमा निर्णय गरेको विभागका महानिर्देशक डा. लेखराज दाहालले जानकारी दिए ।
नमुना परीक्षण गर्दा सिन्धुपाल्चोक, कास्की, उदयपुर र लमजुङमा बर्डफ्लु भएको पुष्टि भएको छ । समितिले सङ्क्रमण देखिएको ठाउँमा तत्कालै आकस्मिक रोग अन्वेषण कार्यदललाई पठाउने निर्णय भएको विभागका प्रवक्ता डा। चन्द्र ढकालले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij