
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौँ/ स्थानीय निर्वाचनका लागि ५१ दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायत ५१ दलले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएका हुन् ।
संघीय संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेल दल दर्ताका लागि निवेदन सहित शुक्रबार आयोग पुगेका थिए। त्यस्तै सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहितको टोली पनि स्थानीय निर्वाचनका लागि दल दर्ता गर्न आयोगमा पुगेको थियो।
स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइएकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij