Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

बाबुराम भट्टराई र उपेन्द्र यादवबीच विवाद

बाबुराम भट्टराई र उपेन्द्र यादवबीच विवाद

  • काठमाडौ  जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र विवाद चर्किएको छ । फुटको संघारमा पुगेको जसपामा सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषयलाई लिएर विवाद चर्किएको हो ।

    images
    images
    images

    काठमाडौंमा शुक्रबारदेखि सुरु भएको कार्यकारिणी समिति बैठकमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहबीच चर्काचर्की भएको हो ।

    images

    बैठकमा सहभागी एक नेताका अनुसार बैठक सुरु भएसँगै चर्काचर्की सुरु भएको हो । डा.भट्टराईले पार्टी विधानअनुसार सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषय पनि बैठकको एजेन्डा बनाउनुपर्ने अडान राखेका थिए । तर, अध्यक्ष यादवले सामूहिक र समानुपातिक नेतृत्वको विषय बैठकको एजेन्डा बनाउन नसकिने अडान राखेपछि करिब एक घण्टाको चर्काचर्कीसँगै यादव सो विषयलाई एजेन्डा बनाउन सहमत भएका थिए ।यही विषय उठाउँदै भट्टराईले बैठक बोलाउन माग गरेपछि यादव बैठक राख्न समेत सहमत थिएनन् । लामो समयपश्चात् बैठक राख्न सहमत भए पनि उनी बैठकको एजेन्डा बनाउन नहुने पक्षमा थिए ।

    सामूहिक तथा समानुपातिक नेतृत्व प्रणालीको विषय बैठकको एजेन्डा बन्ने सहमतिसँगै अन्य एजेन्डा तय भएको हो । बैठकको सुरुमा भट्टराई र यादवले आफ्ना धारणा राखेपछि बैठक अन्य एजेन्डामा प्रवेश गरेको हो ।

    बैठकमा स्थानीय निर्वाचन तथा पार्टी दर्ता, एमसीसी सम्झौता, संगठनात्मक कार्यको समीक्षा र समायोजन, कार्यकारणी समीतिमा पदपूर्ति, कार्यकारणी समीतिका सदस्यहरुको जिम्मेवारी बाँडफाँड, पार्टी विधान सम्मेलन, सामूहिक र समानुपातिक नेतृत्व प्रणालीलगायतका एजेन्डामा छलफल सुरु भएको प्रवक्ता डम्बर खतिवडाले बताए ।

    प्रवक्ता खतिवडाका अनुसार बैठकको पहिलो दिन स्थानीय निर्वाचन तथा पार्टी दर्ता विषयमा निर्णय भएको छ । बाँकी अन्य एजेन्डामा आज पुनः छलफल हुने उनले बताए ।

    जसपा कार्यकारिणी समितिका सदस्य रामनरेश यादवले एमसीसी सम्झौतालगायतका विषयमा शनिबार छलफल हुने बताए । कार्यकारिणी समितिका सबै सदस्यलाई सम्झौताको प्रतिलिपि अध्ययनका लागि दिएको बताउँदै उनले शनिबारको बैठकमा धारणा राखेपछि निर्णय हुने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij