Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

इलाममा चम्किइन् कल्पना

इलाममा चम्किइन् कल्पना

  • काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त भएकी हुन् । महर्जन र इलाम नगरपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हाे । नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल र सद्भावना दूतमा नियुक्त महर्जनले हस्ताक्षर गरेका हुन् ।  
     
    महर्जनलाई २०७८ कात्तिक २२ गते बसेको इलाम नगरपालिकाको कार्यपालिकाको बैठकले पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको थियो । महर्जनसंगै इलामका पहिलो सगरमाथा आरोही याम बहादुर गुरुङलाई पनि पर्यटन सद्भावना दूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    इलाम नगरपालिका पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष प्रकाश अधिकारीले महर्जनसँग समितिले इलामको पर्यटन विकासमा सहकार्य गर्ने बताए । महर्जनले दुवै तर्फबाट सगरमाथाको आरोहण गर्ने पहिलो महिला पत्रकार हुन् ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij