Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

डिपीनेटद्वारा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’का विषयमा राष्ट्रिय सम्मेलन 

डिपीनेटद्वारा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’का विषयमा राष्ट्रिय सम्मेलन 

  • काठमाडौँ ।  डिपीनेट नेपालको आयोजनामा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’का विषयमा राष्ट्रिय सम्मेलन सुरु भएको छ । 

    images
    images
    images

    बिहीबारदेखि सोल्टी होटलमा सुरु भएको सो सम्मेलनमा सरोकारवाला निकायबीच भइरहेका कामकारबाही र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा समेत अनुभव आदान–प्रदान गरेको हो ।   

    images

    गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, वन मन्त्रालयलगायत विभिन्न सङ्घसंस्थाको सहकार्यमा उद्घाटन गरिएको सो समारोहमा प्रमुख अतिथि गृहसचिव टेकनारायण पाण्डे रहेका थिए ।
        
    सम्मेलनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा नीति, प्रावधान र अभ्यासबारे ज्ञान बढाउन, विभिन्न तहका सरोकारवालाबीच समन्वय बढाउन तथा समन्वयात्मक रूपमा कार्यनीति बनाई लागू गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । 

    विपद् पूर्वतयारी सञ्जाल नेपालको उप महासचिव हर्षमान महर्जनका अनुसार  डिपीनेट नेपालको आयोजनामा प्रथम पटक विपद् जोखिम न्युनिकरण सम्बन्धि निवदेन प्रतियोगिता गरिएको हो । उक्त प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । 

    प्रतियोगितामा अंग्रेजी र नेपाली दुवै भाषामा विपद् व्यवस्थापन सम्बन्धि भाग लिन पाउने व्यवस्था राखिएको हो । जसमा दुई सय जनाले भाग लिएका छन् । जसको नतिजा आज प्रकाशन हुने उप महासचिव महर्जनले जानकारी दिएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij