
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं/ संसदमा टेबल भएको अमेरिकी सहायता परियोजना (एमसीसी)बारे बोल्न सबै सांसदलाई पाँच मिनेट समय उपलब्ध हुने भएको छ । आइतबार संसदमा पेश भएको एमसीसी परियोजनाका बारेमा आज बिहीबारदेखि संसदमा छलफल मात्र अघि बढ्ने भएको छ ।
बैठक अघि बसेको संसद कार्यव्यबस्था परामर्श समितिको बैठकमा सहभागी एक सदस्यका अनुसार सदनमा बोल्न चाहने सबै सदस्यले छलफलमा भाग लिन पाउने छन् । तर बोल्न चहाने सदस्यलाई बोल्ने समय ५ मिनेट दिइने सहमति भएको उनले जानकारी दिए । एमसीसीबारे सत्ता गठबन्धनका नेताहरूबीच सहमति जुटाउन विहान गठबन्धानका नेताहरूबीच सिंहदरवारमा छलफल भएको थियो । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij