Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

ऊर्जामन्त्री भुसालसँग भारतीय ऊर्जा सचिवको  शिष्टाचार भेट

ऊर्जामन्त्री भुसालसँग भारतीय ऊर्जा सचिवको  शिष्टाचार भेट

  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सो अवसरमा उनीहरुबीच समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको छ ।

    images
    images
    images

    नेपालसँग भएको जलविद्युत् आपसी सहकार्यबाट प्रयोगमा ल्याएर आपसी आवश्यकता परिपूर्ति गरेर आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले उत्पादन तथा व्यापारमा सहज सहकार्य आवश्यकता औंल्याइन् । 

    images

    उनले भनिन्, ‘हामीसँग भएको ऊर्जा स्रोतको प्रयोग आपसी सहकार्यबाट दुवै देशको विकासका लागि प्रयोग गर्नुपर्छ । त्यसका लागि द्विपक्षीय सहकार्य आवश्यक छ ।’ ऊर्जा सहकार्यबारे थप प्रष्ट पार्दै मन्त्री भुसालले भनिन्, ‘पहिलो हामीबीच ऊर्जाको व्यापार सहज हुनुपर्छ । यहाँबाट दुवै देशको विकासका लागि मद्दत पुग्छ र दोस्रो तेस्रो मुलुकमा ऊर्जा व्यापारका लागि सहज अवस्था सिर्जना गर्नुपर्छ । यस अर्थमा सचिवस्तरीय बैठक फलदायी हुने मैले विश्वास लिएको छु ।’ 

    भारतीय ऊर्जा बजारमा नेपाले उत्पादन गरेको ऊर्जा व्यापारको वातावरण सहज तुल्याइदिन आग्रह गर्दै मन्त्री भुसालले असल मित्रराष्ट्रले आफ्नो छिमेकीमुलुकको समृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरिन् । 

    सो अवसरमा भारतीय ऊर्जा सचिव कुमारले ऊर्जा व्यापारले आपसी सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ऊर्जा व्यापारका लागि सहज वातावरण बनाउन आफूहरु सकारात्मक रहेको जनाउँदै उनले भने, ‘भारत, बङ्गलादेशसँग व्यापार अनुमति दिनका लागि हामी सकारात्मक छौँ ।’ 

    images

    काठमाडौँमा जारी बैठकले सफल नतिजा दिने आशा व्यक्त गर्दै उनले भने ‘मलाई आशा छ, यो बैठकमा हामी सफल हुनेछौँ ।’ सचिव ओलकले अरुण तेस्रो तीव्र गतिमा अगाडि बढेको जनाउँदै , ‘मैले यो आयोजना चाँडो सम्पन्न गर्न भनेको छु यसले आपसी मित्रता थप प्रगाढ बनाउनेछ ।’ 

    बैठकमा ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिव बाबुराम भण्डारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका अधिकारको सहभागिता थियो भने भारतका तर्फबाट सचिवस्तरीय बैठकमा सहभागी हुन नेपाल आएका भारतका अधिकारी एवं नेपालस्थित भारतीय राजदूतावासका उच्चअधिकारीको सहभागिता थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij