Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

कामु प्रधानन्यायाधीशले बोलाए न्याय परिषदको बैठक

कामु प्रधानन्यायाधीशले बोलाए न्याय परिषदको बैठक

  • काठमाडौं/ कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषदको बैठक बोलाएका छन् । उनले सर्वोच्च अदालतको नेतृत्व सम्हालेपछि पहिलोपटक परिषदको बैठक बोलाएका हुन् । परिषदमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीशको रुपमा मीरा खड्का र दुई सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी हुनेछन् ।

    images
    images
    images

    बुधबारको बैठकले विशेष अदालतमा रिक्त अध्यक्ष र सदस्य पदमा न्यायाधीश सिफारिस गर्ने परिषदका प्रवक्ता एवं सहसचिव मानबहादुर कार्कीले जानकारी दिए । पाँच जना न्यायाधीश रहने विशेष अदालतमा हाल दुई जना मात्र रहेका छन् । त्यस्तै परिषदले अरु न्यायाधीश सरुवा र केहीको पदस्थापनको निर्णयसमेत गर्नेछ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij