
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौँ । स्वर्णिम सहाराको आयोजना भक्तपुरमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
शिविर वीपी नेत्र प्रतिस्ठान बाल आँखा, नाक, कान, घाँटी अस्पताल एवम् सहारा हेरचाह केन्द्र, सृजनानगर भक्तपुरको विशेष सहयोग तथा समन्वयमा सञ्चालन गरिएको हो ।
उक्त शिविरमा ७३ जना आँखा र ५४ जना नाक, कान, घाँटीका बिरामीहरूको परीक्षण तथा उपचार गरिएको हो । साथै सो शिविरमा उपचार हुन नसकेका ७ जना आँखा र ३ जना नाक, कान, घाँटीका बिरामीहरूलाई वीपी नेत्र प्रतिष्ठान लोकन्थलीमा पठाईएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij