Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

गोटिखेलका शान्तप्रसादको दुर्घटनामा निधन 

गोटिखेलका शान्तप्रसादको दुर्घटनामा निधन 

  • ललितपुर । सातदोबाटोमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मंगलबार (आज) बिहान करिब चार बजे ललितपुरको सातदोबाटोबाट ग्वार्को जाने क्रममा प्र.३.०१.०२४ च ४१४६ नम्बरको पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    images
    images
    images

    उक्त दुर्घटनाम मृत्यु हुनेमा ललितपुरको महाकाल गाउँपालिका–३ बस्ने ६८ वर्षीय शान्तप्रसाद तिमिल्सिना रहेका छन् भने उक्त दुर्घटना सवारी चालक सोही ठाउँका २७ वर्षीय सुजन तिमिल्सिना घाइते भएका छन् । 

    images

    दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका शान्तप्रसादको उपचारका क्रममा विएनवी अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij