Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

स्यालको आक्रमणबाट १५ जना घाइते

स्यालको आक्रमणबाट १५ जना घाइते

  • काठमाडाैँ । सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्यालकाे आतंक बढेको छ । स्यालले विष्णु गाउँपालिका-२ र ४ स्थित नदिया पकडीमा स्थानीयमाथि आक्रमण गरेको हो । स्यालको टोकाईबाट १५ जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । 

    images
    images
    images

    दुईवटा स्यालले घरमा काम गर्दै गरेका बेला आक्रमण गरी टोकेर घाइते बनाएको विष्णु गाउँपालिका वडा नम्बर-२, नदिया पकडीका रामजनम मुखियाले बताए । स्यालले मुखियाको औँला खाइदिएको छ । यस्तै घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको जिल्ला अस्पताल प्रशासनले जनाएको छ । 

    images

    बाँकी घाइतेको जिल्ला अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij