
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । काठमाडौँको बानेश्वरबाट कल बाइपासमा संलग्न ३७ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। कल बाइपासमा संलग्न भएको आरोपमा प्रहरीले सोमबार राति बानेश्वरबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूलाई अहिले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij