
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडाैँ । निर्वाचन आयोगले मतदाता परिचयपत्र हराए प्रतिलिपि दिने व्यवस्था गरेको छ । आयोगले मतदाता परिचयपत्र हराएका व्यक्तिले २० फागुनभित्र विवरणसहित वडा कार्यालयबाट सिफारिस गराएर निवेदन दिए प्रतिलिपि दिनेगरी व्यवस्था गरेको हो।
मतदाता परिचयपत्र हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij