
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडैँ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० दिख अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको थिया,भने नेपालमा विसं २०६६ देखि अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।
आज नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मातृभाषामा कविता महोत्सवसहित विभिन्न जात जातिका सांस्कृतिक झाँकी कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । अन्तर्राष्ट्रिय मातृ भाषा दिवसका अवसरमा आइतबार तीनवटै संस्थाको आयोजनामा ‘मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठी’ कार्यक्रम आयोजना गरि मनाउदै छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij