
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडाैँ । बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विधान सभा चुनावको मतदान स्थलमा जबरजस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई नियन्त्रणमा लिइएको हो ।
यसपटकको चुनावमा सोनुकी बहिनी माल्भिका कंग्रेसको टिकटमा मोगाबाट चुनाव लडिरहेकी छन् । बहिनीको प्रचारका लागि सोनु अहिले पञ्जाबमा छन् । यहीबीचमा उनी मतदान भइरहेको स्थानमा गाडी लिएर जाने प्रयास गरिरहेका थिए ।
मोगा जिल्लाका पीआरओ प्रभदीप सिंहले सोनु जबर्जस्ती मतदानको बुथमा पस्ने प्रयास गरेकाले उनको गाडीलाई नियन्त्रणमा लिएर घर पठाइएको बताए । सोनुले पुनः गाडीलाई बाहिर निकाले कारवाही हुने उनले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij