
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडाैँ । बाँकेको कोहलपुर नगरपालिका-११ कोहलपुर चौराहमा ट्रक पल्टिदा च्यापिएर डियुटीमा खटिएका प्रहरी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता विसी रहेकी छिन्।
शमशेरगञ्जबाट कौशिलानगर बाँकेतर्फ जादै गरेको ना३ख ६४३६ नम्बरको ट्रक, कोहलपुर चौराहमा मोड्ने क्रममा एक्कासि पल्टिदा विसी च्यापिएकी थिइन्। घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो।
सवारी दुर्घटनालगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij