
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । अनमोल केसी अभिनित चलचित्र ‘हनी बनी’ दसैँमा प्रदर्शन हुने भएको छ । निर्माणपक्षका अनुसार उक्त चलचित्रको प्रदर्शन मिति आगामी असोज १४ गते ( दसैँको दिन)को लागि घोषणा गरेको हो ।
दिवाकर भट्टराईले निर्देशन गर्ने सो चलचित्रमा अनमोल मुख्य भूमिकामा देखिनेछन् भने अभिनेता सलोन बस्नेतको पनि भूमिका रहनेछ । चलचित्रमा अमित बस्नेत, अजितकुमार थापा र परी रानाको लगानी रहनेछ भने चलचित्रका कार्यकारी निर्माता अंकित गौतम हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij