
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । लामो समय प्रेम सम्बन्धमा रहेका बलिउड अभिनेता फरहान अख्तर र अभिनेत्री शिवानी डन्डेकरले बिहे गरेका छन् ।
भारतीय सञ्चार माध्ययमका अनुसार उनीहरुले शनिबार भारत, खन्डालामा रहेको अख्तर परिवारको फार्म हाउसमा बिहे गरेका हुन् ।
फरहान र शिवानी करिब चार वर्षदेखि प्रेम सम्बन्धमा थिए । फरहान–शिवानीको बिहेमा ऋतिक रोशन, अमृता अरोरा, अनुषा डन्डेकर, रिया चक्रवर्ती लगायत कलाकारको उपस्थिति थियो ।
शिवानी अभिनयबाहेक गायन, मोडलिङ र उद्घोषणमा सक्रिय छन्। फरहानले सन् २०१६ मा सेलेब्रेटी हेयरस्टाइलिस्ट अधुना भवानीसँगको १६ वर्षे लामो वैवाहिक सम्बन्ध टुंग्याएका थिए। उनीहरूका दुई छोरी छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij