Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

पाटनको जाम हटाउन नरेशको ध्यान

पाटनको जाम हटाउन नरेशको ध्यान

  • ललितपुर । ट्राफिक प्रहरी कार्यालय ललितपुरले ट्राफिक व्यवस्थापनको लागि विशेष प्राविधि अपनाउने भएको छ । ट्राफिक कार्यालयले सातदोबाटो, महालक्ष्मी चोक र ग्वार्को चोकमा जेब्रा क्रसिङ, आकाशे पुल, सीसीटिभीको व्यवस्था गर्ने भएको हो । 

    images
    images
    images

    ललितपुरको मुख्य चोकमा जाम तथा दुर्घटनामा कमी ल्याउन यस्तो तयारी भइरहेको ट्राफिक कार्यालय सातदोबाटो प्रमुख प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताए । जनतासँगको प्रत्यक्ष सम्वादमा प्रहरी निरीक्षक शाहीले भने, ‘ग्वार्कोबाट मंगलबजार जाने बाटो अत्याधिक जामले सवारी आवतजावतमा असुविधा तथा दुर्घटना हुने गरेको छ ।’  

    images

    ट्राफिक कार्यालयले ट्राफिक साइनबोर्ड राख्ने व्यवस्थामा ध्यान दिँदै आईरहेको छ । यसैबीच, लगनखेल र मंगलबजारबाट आउने सवारीहरू ग्वार्कोतिर नै पठाउने गरेको हुनाले जाम हुने गरेको ठहर ट्राफिकको छ । यसलाई व्यस्थापन गर्न मंगलबजारको बाटो साँघुरो भएकोले राती ८ बजेपछि एकतर्फी जाने व्यवस्था गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij