
Jun 22 2025 | २०८२, असार ८ गते
आज आइतवार दिउँसोको बैठकमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवन पुगेका छन् । १ बजेका लागि बोलाइएको संसद बैठकमा सहभागी हुन देउवा त्यसअघि नै संसद भवन पुगेका हुन् । सरकारले आजै एमसीसी टेबल गर्ने तयारी गरेको छ भने त्यसका लागि एजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । यसअघि बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति जुटेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij