Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

अर्थमन्त्रीले संसदमा एमसीसी टेबुल नगर्ने

अर्थमन्त्रीले संसदमा एमसीसी टेबुल नगर्ने

  • काठमाण्डौं/ अर्थमन्त्रीले संसदमा एमसीसी टेबुल नगर्ने भएका छन् । प्रधानमन्त्री देउवाले सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई संसदमा टेबुल गर्न निर्देशन दिएका कारण उनले पेश गर्ने भएका छन् ।

    images
    images
    images

    नियमतः विभागीय मन्त्रीसमेत रहेका अर्थमन्त्री जनार्दन शर्माले एमसीसी संसदमा टेबुल गर्नुपर्ने हो । तर, गत बुधबार बसेको सत्तारुढ दलको बैठकमा शर्मा ढिला आएकाले प्रधानमन्त्री देउवाले सरकारका प्रवक्तासमेत रहेका कार्कीलाई संसदमा टेबुल गर्न निर्देशन दिएका थिए । एमसीसी संसदमा टेबुल गर्दा आलोचना हुने डर शर्मामा रहेको सत्तारुढ दलका एक नेताले बताए । कार्की अर्थमन्त्री भएकै बेलामा अमेरिका भ्रमणका क्रममा एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो । 

    images

    सत्तारुढ गठबन्धन दलबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति जुटेको छ । दलका नेताहरूको फरकफरक धारणाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रक्रियाअनुसार नै जाने भन्दै एमसीसी संसदमा टेबुल गर्ने अडान राखेका हुन् ।

    सम्भवतः आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुनेछ । एमसीसीलाई आजको प्रतिनिधिसभाको कार्यसूचीमा राख्ने कि नराख्ने भन्ने विषयमा छलफल गर्न यतिबेला संघीय संसद् भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

    तर,सो बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने सहभागी छैन । यदि आज दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी टेबुल गर्ने कार्यसूची तयार भएमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव पेस गर्ने भएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij