
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौँ । रोल्पामा पिकअपले पैदल यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। पिकअपको ठक्करबाट गम्भीर घाइते सुनिल स्मृति गाउँपालिका वडा नं. २ का ७७ वर्षीय लालबहादुर भुसालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लु २ च ६८८६ नम्बरको पिकअपले उनलाई सुनिल स्मृति ४ सुलीचौर बजारमा ठक्कर दिएको थियो।
सुनछहरी गाउँपालिका २ का १९ वर्षीय चालक लालबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij