
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । राप्रपाको अध्यक्षमा पराजित कमल थापाले राप्रपा नेपाल पार्टीको घोषणा गरेका छन् । राजेन्द्र लिङ्देनसंग पराजित भएपछि थापाले आफूनिकट नेताहरुको भेला गर्दै आएका थिए । हिन्दू धर्म र राजतन्त्रको वकालत गर्ने थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए।
राप्रपा नेपाल र राप्रपाबीच एकता गर्दा पार्टी नफुटाउने प्रण गर्दै गीता छोएर कसम खाएका थापाले एकीकृत पार्टीको अध्यक्षमा हारेपछि पार्टी परित्याग गरेर पुनः पुरानै पार्टी राप्रपा नेपाल व्युँताएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij