Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका २६० जना पक्राउ

विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका २६० जना पक्राउ

  • काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर फरार रहेका २६० जना उनीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको हो । 

    images

    कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा वनसम्बन्धी, लागुऔषध, सरकारी छाप, दस्तखत कीर्ते, सवारी ज्यान, नकवजनी, लुटपाट, जबर्जस्ती करणीका रहेका छन् । यस्तै कर्तव्य ज्यान, चोरी, ठगी, बैंकिङ कसुर र लागुऔषध मुद्दामा  उनीहरुलाई पक्राउ गरिएको हो ।

    फैसला कार्यान्वयनका क्रममा कार्यालयले पक्राउ परेका उनीहरुबाट ८७ वर्ष आठ महिना, २३ दिन कैद सजाय र रु  एक करोड ३४ लाख १६ हजार  १७९ जरिवानासमेत असुली गरेको छ । अधिकारीका अनुसार अदालतबाट फैसला कार्यान्वयनका लागि आएका पत्रका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij