
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौँ । उल्लेखनीय प्रणाली सक्रिय नभएकाले आज देशभर मौसम सफा रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सफा रहने छ यद्यपि देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहने पनि जनाइएको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिएको छ ।
पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि औंल्याइएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij