
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाण्डौं/ सर्वोच्च अदालतको फुलकोर्ट बैठक आज बस्दै छ । आज शुक्रबार दिउँसो फुलकोर्ट बैठक बस्न लागेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
उनका अनुसार आज बस्ने फुलकोर्ट बैठक नियमित बैठक हो । यसअघि बुधबार नियमित फुलकोर्ट बैठक बस्दै आएकोमा अब शुक्रबार फुलकोर्ट बैठक बस्ने उनले जानकारी गराए ।
आज बस्ने फुलकोर्ट बैठकमा न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा छलफल हुने उनले जनाए ।
गत आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग लागेपछि सर्वोच्चमा वरिष्ठतम न्यायाधीशका हैसियतले दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij