
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योग फर्मविरुद्ध मुद्दा दायर भएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा फर्म तथा उद्योगविरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
दूध तथा दूधजन्य पदार्थका १३, मसला एवं पिउने पानी उद्योग विरुद्ध पाँच/पाँच थान मुद्दा दायार भएका छन् । यस्तै खाद्यन्न र दलहन तथा सोबाट बनेका पदार्थ उत्पादन गर्ने पाँच र चियाका चार उद्योगविरुद्ध मुद्दा दायार भएको छ । यस्तै मह, सोयासस, तेल र दाना उत्पादन गर्ने एक/एक वटा उद्योगविरुद्ध मुद्दा दायर गरिएको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij