Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

सर्लाहीमा इ–पासपोर्ट वितरण

सर्लाहीमा इ–पासपोर्ट वितरण

  • काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले  इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण  सेवा थालनी गरेको छ ।  

    images
    images
    images

    राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन  सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो ।

    images

    इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिन सक्ने र आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई इ–पासपोर्ट वितरण उपलब्ध गराइने उनले बताए ।

    लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागु गरेको राहदानी विभागले करिब ११ वर्ष पछि इ–पासपोर्ट प्रयोगमा ल्याएको छ । विभागले दिने राहदानीमा विद्युतीय चाप हुने र यसमा सम्बन्धित व्यक्तिका विवरण समाविष्ट हुने कार्यालयले जनाएको छ । 

    एमआरपीका तुलनामा इ–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने जनाइएको छ । जिल्लाबाटै  सो सेवा पाइने भएपछि सेवाग्राहीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । साथै धेरै समय पर्खिनुपर्ने बाध्यता पनि हटेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij