
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौँ । बुवाको हत्या गरेको आरोपमा प्रहरीले दुइ छोरालाई पक्राउ गरेको छ । ६५ वर्षीय न्हुच्छे नारायण महर्जनलाई छोराहरुले प्रेशर कुकर र लोहोरोले हिर्काएर हत्या गरेका थिए ।
पक्राउ पर्नेमा मृतकका छोराहरु ४५ वर्षका शंकर महर्जन र ४० वर्षीय कृष्ण कृष्ण महर्जन छन् ।
कुटपिटबाट गम्भिर घाइते भएका न्हुच्छे नारायणको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको काठमाडौँ महानगरीय प्रहरी परिसरले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर छोराहरुले बुवालाई मरणासन्न हुनेगरी कुटेका थिए । घटनाबारे महानगरीय प्रहरी वृत कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij