Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

प्रहरी परिसर ललितपुरको उत्कृष्ट पहल

पुरातत्वलाई मूर्ति बक्सिस 

पुरातत्वलाई मूर्ति बक्सिस 

  • ललितपुर । प्रहरी परिसर ललितपुरले बेवारिसे अवस्थामा फेला परेका विभिन्न भगवानका मूर्ति, मुकुण्डो र धार्मिक ग्रन्थगरि ४८ थान ऐतिहासिक सामग्री पुरातत्व विभागलाई हस्तान्तरण गरेको छ ।

    images
    images
    images

    महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक यज्ञबिनोद पोखरेलले मूर्तिहरु पुरातत्व विभागकी अधिकृत सबिता न्यौपाने (पौडेल) लाई हस्तान्तरण गरेका हुन् । 

    images

    pixomatic_117202217237668.png

    प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरिक्षक सिद्धि विक्रम शाहका अनुसार विभिन्न माध्ययमबाट संकलित ती मूर्तिहरु लामो समयदेखि संरक्षण गरी राखिएको थियो । संकलित ती मूर्तिलाई संरक्षणको जिम्मा पुरातत्व विभागलाई नै भएको हुनाले हस्तान्तरण गरिएको बताए । संरक्षणको जिम्मा लिएका ती सबै मूर्ति तथा ऐतिहासिक सामग्री प्रमाणसहित दाबी गर्न आएमा सम्बन्धित व्यक्ति वा संस्थालाई नै जिम्मा लगाइने पुरातत्व विभाग अधिकृत न्यौपानेले अनलाइन पत्रिकालाई बताइन् । 

    pixomatic_117202217123227.png

    images

    यसैबीच, हराएको बालकुमारी मूर्ति केही समय अगाडी हात्तीवनमा फेला परेको थियो । बालकुमारी मूर्ति हस्तान्तरण गर्दै एसएसपी पोखरेलले भनेका थिए, ‘मूर्ति फेला परेर म खुशी बन्न सकेको छैन, जबसम्म चोर फेला पर्दिन तबसम्म हामी सक्रिय रहनेछौं ।’ एसएसपीको यो वाचालाई सुनाकोठीवासीले सम्झिरहेका छन् । प्रहरी स्रोतका अनुसार मूर्ति फेला परेपनि चोरको खोजी भइरहेको र चाँडै सक्कली चोर फेला पर्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij