
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाण्डौं/ प्रधानमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच बुधबार साँझ बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा एमसीसी सम्झौताबारे छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री देउवाले सरकार संसदबाट एमसीसी अनुमोदन गराउने तयारीमा जुटिसकेको र सत्तारुढ गठबन्धनमा रहेका दलहरुसँग साझा धारणा बनाउन थप समय लिइएको जानकारी दिएको स्रोतले जनाएको छ । अमेरिकी राजदूत बेरीसँगको भेटपछि बिहीबार बिहानै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा बालुवाटारमा भेटवार्ता भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij