Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

आईओसीले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

आईओसीले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

  • काठमाण्डौं/ इण्डियन आयल कर्पोरेशन (आईओसी) ले  पेट्रलियम पदार्थको मुल्य बढाएर नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य सूची पठाएको हो ।

    images
    images
    images

    आईसीले पठाएको नयाँ मुल्य सूची अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएको छ । नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ । निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij