Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

७० लाख घुस लिने ३ जनाविरुद्ध मुद्दा दायर

७० लाख घुस लिने ३ जनाविरुद्ध मुद्दा दायर

  • काठमाण्डौं/ ७० लाख घुस लिने ३ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रले ‘रक्तचन्दनको ठेक्का मिलाइदिन्छु’ भनेर ७० लाख घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । घुस लिएको रकम आयोगले सेवाग्राहीलाई नै फिर्ता गर्नुपर्ने मागदाबी लिएको छ ।
    घुस लिएको रकम मध्ये ४० लाख रुपैयाँ मिश्रको छोरा नविन कुमार मिश्रको खातामा जम्मा गरेको भेटिएको छ । अख्तियारले छोरालाई पनि प्रतिवादी बनाउँदै ४० लाख बिगो मागदाबी लिएको छ ।
    वन अधिकृत मिश्रलाई घुस मिलाउने रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले घुस बापत आएको २५ लाख रकम आफैंले लिएको अनुसन्धानबाट थाहा भएको छ । ग्याल्जेनबिरुद्ध पनि २५ लाख बिगो मागदाबी लिएर मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij