
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडाैँ । झापाको कचनकवल गाउँपालिका–१ कुट्टिबाट भन्सार छलि ल्याएको करिब ८ लाख ४१ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरका औषधिहरू प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी टोली देखेपछि भारतबाट नेपालतर्फ आउँदै गरेका २ जना पुरुषले प्लाष्टिकका बोराहरू फाली फरार भएका थिए । प्रहरीले बोराहरू जाँच गर्दा विभिन्न औषधिहरू फेला पारी बरामद गरेको हो ।
बरामद औषधिहरू सम्बन्धित कार्यालयलाई बुझाएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
फाइल तस्वीर
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij