
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकार लुम्बिनीको मन्त्रिपरिषद् बैठक १३ चैत २०७७ को निर्णयअनुसार ३ फागुनमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij