Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

‘समाचारमा अतिरञ्जना नगर्न आग्रह’

‘समाचारमा अतिरञ्जना नगर्न आग्रह’

  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सञ्चारमाध्यमका समाचारमा अतिरञ्जना भएमा समाजमा भ्रम सिर्जना हुने बताएका छन् । 

    images
    images
    images

    युनेस्को नेपालका निम्ति नेपाल राष्ट्रिय आयोगको सहयोगमा तुलसादेवी हरिहर फाउण्डेशनले क्रियाशील पत्रकारका लागि आयोजना गरेको आचारसंहितासम्बन्धी भर्चुअल तालीममा सचिव अर्यालले जनतालाई सही र छिटोछरितो सूचना प्रवाह गर्नसकेमा पत्रकारिता जगत् व्यावसायिक, निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन योगदान मिल्ने बताए । उनले पत्रकारिता क्षेत्रमा कुनै समस्या भएमा र सरकारले गर्नुपर्ने सहजीकरणमा मन्त्रालयले पहल गर्ने वाचा गरे ।
           
    नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. सुरेश आचार्यले ‘नेपाली रेडियोमा आचारसंहिता पालना र प्रयोग’बारे प्रस्तुत गर्दै पत्रकार आचारसंहिता पत्रकार आफैँले आफ्ना लागि तर्जुमा गरेर लागू गर्ने विषय भएकाले पत्रकार आफू त्यसबारे स्पष्ट हुनुपर्ने बताए ।

    images

    कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले ‘टेलिभिजन पत्रकारितामा आचारसंहिता पालना र प्रयोग’, ‘राससका प्रधानसम्पादक एकराज पाठकले ‘नेपाली मिडियामा आचारसंहिता पालना र प्रयोग एवं बिहंगम दृष्टिकोण’, प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले ‘प्रेस काउन्सिलको परिचय, पत्रकार आचारसंहितामा कारबाहीको अवस्था र पालनाका उपाय’ तथा पत्रकार प्रकाश सिलवालले ‘समाचार सङ्कलन र आचारसंहिता’बारे आ आफ्नो प्रस्तुति गरेका थिए । 

    फाउण्डेसनले शुक्रबार र शनिबार लुम्बिनी प्रदेशका पत्रकारका लागि तालिम आयोजना गरेको हो भने यसअघि अन्य प्रदेशमा यस्तै प्रकारको कार्यक्रम भौतिक र भर्चुअलरुपमा सम्पन्न गरेको कार्यक्रम संयोजक डिल्लीरमण सुवेदीले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij