
Jun 23 2025 | २०८२, असार ९ गते
दाङ । तुलसीपुरस्थित एक जुत्ताचप्पलको गोदाममा लागेको आगलागीमा परेर पाँच जनाको मृत्यु भएको छ ।
गएराति करिब २ बजेदेखि लागेको आगलागीमा परेर मृत्यु हुनेमा चार जना बालबालिका रहेका छन् भने एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका तीनजना र अन्य परिवारका दुईजना रहेका छन् ।
मृत्यु हुनेमा इरम फुटवेयरका सञ्चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अन्दाजी ४०/४२ वर्षीय नजरदिन अली, उनको अन्दाजी १३/१४ वर्षीया छोरी सजिता खातुन र छोरा अन्दाजी ५/६ वर्षका आवीदिन अली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
त्यसैगरी उक्त आगलागीमा परेर सोही पसलमा काम गर्ने अन्दाजी १४/१५ वर्षीय हसज बकस र १७ वर्षीय मसिन बकस रहेका छन् ।
उनीहरुको शव जलेको अवस्थामा प्रहरीले शुक्रबार बिहान निकालेको थियो । मृतकहरुको शव अहिले राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij