
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौँ । ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालले २८ औँ सुदिप्त क्यान्सर सरभाइबर मिट सम्पन्न गरेको छ ।
सुदिप्त क्यान्सर सरभाइबर मिटको नियमति श्रीङ्खलामा क्यान्सर सरभाइबर र क्यान्सर रोगका विरामीले कोरोनाको ओमिक्रोन भेरियन्टविरूद्धको खोप लगाउन हुने नहुने भन्ने विषयमा छलफल भएको छ ।
स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा.समिर अधिकारीसहित नेपाल क्यान्सर हस्पिटलका डाक्टरहरू वक्ता रहेको कार्यक्रममा क्यान्सर सरभाइबर र उपचारमा रहेका विरामीलाई ओमिक्रोन विरूद्धको खोप लगाउन सुझाव दिइएको हो ।
क्यान्सर रोगका गम्भीर प्रकृतिका विरामी बाहेकअन्यले कोरोनाविरूद्धको खोप लगाउनुपर्ने धारणा चिकित्सकहरूले सरभाइबर मिटमा राखेका हुन् ।
क्यान्सर रोगको उपचार गराइ रहेकाहरूले पनि चिकित्सको सल्लाह लिएर खोप लगाउन सकिने बारे कार्यक्रममा अवगत गराइएको हो । कार्यक्रमा स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समेत रहेका डा. अधिकारले क्यान्सर सम्बन्धी जुनसुकै कार्यक्रममा पनि हातेमालो गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको बताए ।
कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका विशेषज्ञ डाक्टहरू हरिप्रसाद ढकाल, मुरारीमान श्रेष्ठ र सचिज शाक्यले कोरोना, क्यान्सर र भ्याक्सिन बारे आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रमा कार्यक्रमकी संयोजक स्वरूपा श्रेष्ठले क्यान्सर सरभाइबर र क्यान्सर रोग लागेकाहरूको मनोबल बढाउन सबैले भूमिका खेल्नुपर्ने बताइन् ।
यस्तै, स्वागत मन्तब्य राख्ने क्रममा संयोजक श्रेष्ठले क्यान्सर मृत्यु नभई समयमै उपचार गरे अरू रोग जस्तै निको हुने भएकाले आवश्यक सचेतना फैलाउन सम्बन्धित सबैको सहयोगको खाँचो रहेको औल्याइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij