Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

मध्य भोटेकोशीको आइपीओ नेप्सेमा सूचीकृत, यस्तो छ ओपनिङ्ग रेन्ज!

मध्य भोटेकोशीको आइपीओ नेप्सेमा सूचीकृत, यस्तो छ ओपनिङ्ग रेन्ज!

  • काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सहित ६ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    images
    images
    images

    सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको १ करोड १७ लाख, ऋणदाता संस्थाका कर्मचारीहरुलाई निष्काशन गरेको ६ लाख, संस्थापक शेयरधनी संस्थामा कर्मचारीहरुलाई वितरण गरेको २१ लाख र कम्पनका संस्थापकहरुले लगानी गरेको ३ करोड ६ लाख गरी ६ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको जनाइएको छ । 

    नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९४ रुपैयाँ ३९ पैसा देखि २८३ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यसको आधारमा आइतबारदेखि कम्पनीको शेयर कारोबार खुल्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij