Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

वीरगन्ज भन्सार ८८ अर्ब रुपैयाँ राजस्व संकलन

वीरगन्ज भन्सार ८८ अर्ब रुपैयाँ राजस्व संकलन

  • वीरगन्ज । देशकै मुख्य व्यापारी नाका वीरगन्जबाट आयात तथा र्नियात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व संकलन गर्न सफल भएको हो ।

    onlinepatrika
    Arghakhachi

    आर्थिक वर्ष २०७७र७८को साउनदेखि मङ्सिर मसान्त सम्मको पाँच महिनामा ५८ अर्ब १५ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरिएकामा चालू आवको सोही अवधिमा ३० अर्ब ५३ करोड ९२ लाख रुपैयाँ बढी अर्थात ८८ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यो गत आवको तुलनामा ५२ दशमलव ५० प्रतिशत बढी हो ।

    AGNI GROUP

    विभागले चालू आवको साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा ८२ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा ६ अर्ब ८ करोड ६६ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व संकलनमा सुधार देखिएको बताए ।

    गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ५४ अर्ब ७३ करोड ५७ लाख राजस्व संकलन लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा ३ अर्ब ४२ करोड ४१ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको थियो । नेपालका लागि हुने इन्धन आयातबाट संकलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट