Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

चेम्बर अफ कर्मसको तुलसीपुर महोत्सवमा निःशुल्क स्वास्थ्य सेवा

चेम्बर अफ कर्मसको तुलसीपुर महोत्सवमा निःशुल्क स्वास्थ्य सेवा

  •  दाङ । चेम्बर अफ कर्मसको आयोजनामा जारी प्रथम ऐतिहासिक तुलसीपुर महोत्सवमा निःशुल्करुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ । महोत्सवस्थलको सचिवालयमा तुलसीपुर मेट्रो अस्पतालले हेल्प डेस्क राखेर निःशुल्करुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हो ।

    images
    images
    images

    हालसम्म ३०० बढीले स्वास्थ्य सेवा लिएको स्वास्थ्यकर्मी कमला पुरीले जानकारी दिइन् ।महोत्सवमा आउने नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले यही पुस २ गतेदेखि स्वास्थ्य हेल्प डेस्क स्थापना गरिएको हो ।

    उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले पुस १ गतेबाट सुरु भएको महोत्सव १२ गतेसम्म सञ्चालन हुनेछ । रु पाँच करोड आर्थिक कारोबार गर्ने तथा तीन लाख दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा लिइएको तुलसीपुर महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले जानकारी दिए ।
     

    तुलसीपुरको बरुवा गाउँमा सञ्चालित महोत्सवमा बुधबार करिब दश हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवभित्र २०० व्यापारिक कक्ष राखिएका छन् । तीमध्ये २० कक्षमा कृषि सामग्री राखिएका छन् । महोत्सवमा दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारले आ–आफ्ना प्रस्तुतिले दर्शकलाई मनोरञ्जनसमेत दिइरहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij